05/10/2026, 19:31:07
आइतबार, बैशाख २७, २०८३

“हामी राजनीतिक रूपमा हुर्किसकेका छौँ”


काठमाडौँ, वैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र रवि र बालेन गुटका भनेर चिनाएपछि केही सांसद मन्त्री नबनेको खुलासा गरेका छन् ।

पार्टीका सांसदको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले यस्तै गरिरहे अर्कोपटक सांसदको टिकटसमेत नदिने चेतावनी दिएका हुन् ।

पार्टीको एउटा लाइनभन्दा बाहिर गएर कुनै झुण्ड, समूहमा विश्वास नगर्न आग्रह गर्छु । कोही, रवि, कोही बालेनतिर भन्छन् । हामी भेट्दा हाँस्छौँ । हामीबीच यस्ता कुरा आउँदा सल्लाह गर्ने समझदारी छ,’ रविले भने, ‘हामी यताको हो नि भनेकाले मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ । म यतातिरको हो नि भनेर झुक्यानमा नपर्नुहोला । यस्तो भए अर्कोपटक त टिकट पनि पाउनु हुन्न ।

मिलौँ न मात्रै भनेर आफूहरू नमिलेको उनको भनाइ छ । ‘मिलौँ न भनेर मिलेका होइनौँ । हामीलाई फुटाउन मिडियालाई रहर लाग्छ । अनेक हेडलाइन दिनुहुन्छ । बास्ना त चल्ला तर खान पाउनु हुँदैन । त्यस्तो हुँदैन,’ रविले भने, ‘हामी राजनीतिक रूपमा हुर्किसकेका छौँ ।