05/08/2026, 22:58:29
शुक्रबार, बैशाख २५, २०८३

प्रधानन्यायाधीशमा शर्मा सिफारिसविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दर्ता गर्न अस्वीकार


काठमाडौँ, वैशाख २५ गते । प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ ।

सर्वोच्च प्रशासनले पेस भएको तीनवटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु गीता थापा र प्रेमराज सिलवालले पेस गरेको रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । उनीहरुले संवैधानिक परिषद्‌ले बिहीबार वरीयता मिचेर गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट पेस गरेका थिए ।

प्रशासनले दरपीठ गरेपछि आफूहरु सोमबार इजलासमा निवेदन दिने रिट निवेदकमध्येका एक त्रिपाठीले बताए । संवैधानिक परिषद्‌ले चौथो वरीयतामा रहेका शर्मालाई ३३ औं प्रधानन्यायाधीशको रुपमा सिफारिस गरेको थियो ।

– दुर्गा दुलाल