11/18/2026, 23:46:04
बुधबार, मङि्सर ०३, २०८३

एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन


काठमाडौँ, वैशाख २५ गते । नेकपा (एमाले) ले राष्ट्रिय सभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई नियुक्त गर्नुभएको हो।

मेचे आदिवासी जनजाति अधिकारको अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । झापा निवासी मेचेलाई अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता बादलले बधाई ज्ञापन गर्नुभयो ।