05/04/2026, 19:48:33
सोमबार, बैशाख २१, २०८३

व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश


काठमाडौं, वैशाख २१ गते । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण निवेदनमा बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो । भट्टकी श्रीमती आयुष्मा नेपालले गैरकानुनी थुनामा राखेको दाबीसिहत दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

जलविद्युत्, बिमा, लघुवित्त, ट्राभल एजेन्सी, शैक्षिक संस्थाको लाइसेन्स हात प्राप्ति र सेयर खरिदमा चलखेल गरेर सम्पत्ति शुद्धीकरण आरोप उनीमाथि लाग्दै आएको छ । राजनीतिक तहमा ‘लबिइङ’ गरी नियामकीय निकायहरूको नेतृत्वमा आफू अनुकूलका व्यक्ति नियुक्ति गराएको र उनीहरूबाट लाभ लिने निर्णय गराउने कामबा अवैध सम्पत्ति आर्जन गरेको आरोप पनि छ ।

– दुर्गा दुलाल