04/25/2026, 14:09:05
शनिबार, बैशाख १२, २०८३

सुकुम्बासी बस्तीबाट सामान सार्न प्रहरीको सहयोग (फोटो फिचर)


काठमाडौँ, वैशाख १२ गते । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीले बासिन्दालाई सर-सामान सार्न सहयोग गरेको छ ।

शनिबार बिहानैदेखि उक्त क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । सामान छिटो र व्यवस्थित रूपमा ओसार-पसार गर्न नेपाल प्रहरीले सहयोग गरिरहेको छ । बस्तीमा डोजर चलाउनुअघि त्यहाँका बासिन्दाका सर-सामान सार्ने काममा प्रहरी सक्रिय रूपमा संलग्न भएको हो । थापाथली क्षेत्रको बस्ती हटाउने काम सम्पन्न भएपछि अन्य नदी किनारका बस्तीहरू हटाउने तयारीसमेत गरिएको छ ।

– केशब गुरुङ