

काठमाडौँ, वैशाख ११ गते । पत्रकार, साहित्यकार तथा संस्कृतिविद् सुरेशकिरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेशकिरण स्मृतिग्रन्थको लोकार्पण गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ महानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो स्मृतिग्रन्थ मानन्धरको ४५ दिनको पुण्यतिथिको अवसरमा प्रकाशन गरिएको हो ।
स्मृतिग्रन्थको संयुक्त रूपमा भिक्षु कौडिण्य, डा. पुष्पराज राजकर्णिकार, रश्मिला प्रजापति, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसाल, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, पूर्वअध्यक्ष श्रीकृष्ण महर्जन, सुरजवीर वज्राचार्य लगायतले लोकार्पण गर्नुभयो ।


पत्रकार तथा साहित्यकार सुरेशकिरणको गत फागुन २६ गते हृदयाघातका कारण निधन भएको थियो । भाषा आयोगका सदस्यसमेत रहनुभएका स्वर्गीय मानन्धरले पत्रकारिता, साहित्य, संस्कृति तथा लेखन क्षेत्रमा उहाँको योगदान रहेको छ । स्मृतिग्रन्थमा विभिन्न लेखकका ९१ वटा लेख रहेका छन् । ग्रन्थ ३६४ पृष्ठको रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























