काठमाडौँ, चैत २ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य हिजो रातिदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपियाँ, डिजेलमा प्रतिलिटर ५४ रुपियाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपियाँ वृद्धि गरिएको छ। तर नेपालमा केही रुपियाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बृद्धि गरिएको निगमले जनाएको छ ।
सो मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १२६ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!
