काठमाडौँ, चैत १ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
राष्ट्रिय पुरुष टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले बन्द प्रशिक्षणका लागि खेलाडी बोलाउनुभएको हो । खेलाडीको प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिनेछ ।
प्रशिक्षणमा बोलाईएका खेलाडीहरुमा अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिकबिष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार र दीप कार्की हुनुहुन्छ ।
यस्तै दिपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, गिलेस्पे जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ र पेम्बा दोर्जे लामा पनि टोलीमा पर्नुभएको छ ।
प्रशिक्षणमा बोलाईएका अन्य खेलाडीमा प्रदिप बुढाथोकी, प्रदीप लामा, प्रताप सिंग राई, रामबाबु कुमार शा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिष श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का हुनुहुन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
