04/08/2026, 15:50:18
बुधबार, चैत २५, २०८२

आज सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, चैत्र १ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १ गते सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।