काठमाडौँ, फागुन २९ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो ।
“नेपालको मासिक खपत ४५-४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भन्नुभयो, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”
ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उहाँले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गर्नुभयो । पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमवल १ किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
