काठमाडौँ, चैत २२ गते ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री गौतमले सङ्घीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताउनुभयो। उहाँले सरकारलाई जवाफदेही बनाउन सङ्घीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री गौतमले भन्नुभयो, “अब यस पटकको संसद्ले स्पष्ट जिम्मेवारी कानूनी रिक्तता पूरा गर्न, शासनलाई प्रभावकारी बनाउन, सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाई गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्ने साहस देखाउनै पर्दछ । र, काम गर्ने संसद्को पहिचान स्थापित गर्नैपर्दछ । म कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिवद्ध छु भन्नेकुरा पनि संसद्मार्फत निवेदन गर्न चाहन्छु ।”
मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसद्मा ढिलाई गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
