काठमाडौँ, चैत २२ गते । बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साललाई ५ दिन हुरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार लम्सालको आइतबार म्याद थप भएको हो । उनीमाथि ‘अभद्र व्यवहार‘ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
लम्साललाई शनिबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको थियो । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले बलात्कार गरेको उल्लेख गरेकी थिइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
