04/06/2026, 10:16:20
सोमबार, चैत २३, २०८२

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीको उम्मेदवारी दर्ता


काठमाडौँ,  चैत २२ गते । राष्ट्रियसभाकाे उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन् । संघीय संसद सचिवालयको कार्यतालिका बमोजिम भण्डारीको उम्मेदवारी परेको हो ।

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दंगाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् ।

दलीय सहमतिमा भण्डारीले उपाध्यक्ष पदमा मनोनयन गराएकी हुन् । सहमतिमा राष्ट्रियसभाका संसदीय समितिका सभापतिहरूको पनि भागबन्डा गरिएको छ ।

कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास आर्थिक मामिला समितिको सभापति पाएको छ । नेकपाले संघीयता सबलीकरण समिति र जसपाले  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति पाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..