04/05/2026, 23:27:47
आइतबार, चैत २२, २०८२

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ


काठमाडौँ,  चैत २२ गते । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका हुन् ।

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका थिए । व्यवसायी दीपक भट्टसँगको शंकाष्पद कारोबारका आधारमा सुलभ र शंकर पक्राउ परेका बताइन्छ । सुरुमा भट्ट पक्राउ परेका थिए ।

प्रकरणको अनुसन्धान जारी छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..