जाजरकोट, चैत २२ गते ।जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा खटिएका चार जना निरीक्षकलाई निष्कासन गरिएको छ। यस सम्बन्धमा बारेकोट गाउँपालिका–९, दिपेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षकहरूलाई जिल्ला परीक्षा समन्वय समितिको निर्देशनमा खटिन नपाउने गरी हटाइएको हो।
शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए अनुसार, बिहीबार र शुक्रबार नेपाली र अङ्ग्रेजी विषयको परीक्षा समयमा निरीक्षकहरूले मर्यादित, व्यवस्थित र अनुशासित भूमिका निर्वाह नगरेका कारण जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको निर्देशनमा निष्कासन गरिएको हो।
उहाँका अनुसार, परीक्षा उल्लंघन गरी नियम विपरित काम गर्ने निरीक्षकहरूको नाम सार्वजनिक गरी स्पष्टिकरण सोधिनेछ। आइतबार सञ्चालन हुने परीक्षामा पनि आवश्यक परे निरीक्षक निष्कासनको सम्भावना रहेको छ।
जाजरकोटका १६ वटा परीक्षा केन्द्रमा परीक्षा मर्यादित, शान्तिपूर्ण र व्यवस्थित बनाउन सरोकारवाला टोली परिचालन गरिएको छ। परीक्षा केन्द्रमा चिटिङ वा अन्य अनियमित गतिविधि गर्ने व्यक्तिलाई निष्कासन गर्ने निर्देशन जिल्ला परीक्षा समितिले जारी गरेको छ।
जिल्लामा कुल ४ चार ८१३ जना विद्यार्थी सहभागी छन्। नियामित परीक्षार्थीको संख्या ४ चार ६५३ रहेको छ भने ७०८ जना अनुपस्थित छन्। ग्रेड वृद्धि तर्फ १३२ जना विद्यार्थीमध्ये ९३ जना परीक्षा दिएका छन्। सरकारले परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण अनुमति दिएपछि सोही दिन उत्तरपुस्तिका जाँच भइरहेको प्रमुख खत्रीले जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
