काठमाडौँ, फागुन २५ गते। बैतडीमा हालै सम्पन्न प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा पाँच हजार ११३ मत बदर भएको छ।
जिल्ला निर्वाचन कार्यालयले आइबार प्रकाशित गरेको अन्तिम मतगणनामा ७२ हजार ८४३ मत खसेकोमा ६७ हजार ७३० मत सदर भएका थिए।
जिल्ला निर्वाचन कार्यालयले मत बदरको संख्या कम गर्न फागुन ३ देखि १७ गतेसम्म ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। तर, अपेक्षा अनुसार बदर मतको संख्या कम हुन सकेको छैन।
सन्दर्भका लागि, २०७९ सालको प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा बैतडीमा ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
