04/05/2026, 22:21:30
आइतबार, चैत २२, २०८२

आमिर खान प्रोडक्शन्सको नयाँ फिल्म ‘एक दिन’को पहिलो झलक


काठमाडौँ, माघ १ : आमिर खान प्रोडक्शन्सको आगामी रोमान्टिक ड्रामा फिल्म ‘एक दिन’ को पहिलो झलक सार्वजनिक भएको छ ।

फिल्ममा साई पल्लवी र जुनैद खान  प्रमुख भूमिकामा देखिँदैछन् । सुनील पाण्डेको निर्देशन रहेको फिल्मलाई मंसूर खान, आमिर खान र अपर्णा पुरोहितले निर्माण गरेका छन् ।

क़यामत से क़यामत तक’, ‘जो जीता वही सिकंदर’ र ‘जाने तू… या जाने ना‘ जस्ता प्रतिष्ठित फिल्महरूपछि आमिर र मंसूर फेरि सहकार्यमा देखिए । ‘एक दिन’ साई पल्लवीको बलिउड डेब्यू हो ।

फिल्मको पहिलो लुकमा साई पल्लवी र जुनैद खान नयाँ अन-स्क्रीन जोडीको रूपमा देखिएका छन् । शीत-कालीन परिवेशमा उनीहरू सडकमा सँगै हिँडिरहेका छन्, जहाँ उनीहरूको आकर्षण, न्यानोपन र सहज केमिस्ट्री स्पष्ट रूपमा देखिन्छ ।

आमिर खान प्रोडक्शन्सको ब्यानरमा बनेको ‘एक दिन’ को कथा स्नेहा देसाई र स्पन्दन मिश्राले लेखेका छन् । यो फिल्म २०२६ को १ मेमा सिनेमाघरमा रिलिज हुने बताइएको छ ।