काठमाडौँ, मङ्सिर २ : विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध सदस्यको बैठक सुरु भएको छ।

पछिल्लो राजनीतिक घटना, संसद् पुनस्थापना लगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो।

सो दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद् पुनस्र्थापनाका लागि आफूहरू सर्वोच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताउनुभयो। बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल लगायत नेताहरू पनि सहभागी हुनुहुन्छ।










What if you could work from Anywhere?
Explore More with something that can change your Life!
