काठमाडौँ, साउन ३१ गते । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाहरूमा पहिरो खस्ने र सडक भासिने क्रम बढेसँगै प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा, इलाम र चितवनलगायतका जिल्लाहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ।
अवरुद्ध तथा प्रभावित प्रमुख सडकखण्डहरू
| सडकखण्ड / राजमार्ग | स्थान | अवरोधको कारण | वर्तमान अवस्था / समय सीमा |
| बिपी राजमार्ग | खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी | बाढीको उच्च जोखिम | दैनिक साँझ ६:०० देखि बिहान ४:०० बजेसम्म सञ्चालनमा रोक (बिहान ४:०० देखि बेलुका ६:०० सम्म मात्र खुला) |
| कान्ति लोकपथ | मकवानपुर | निरन्तर वर्षा | दैनिक अपराह्न ५:०० देखि बिहान ५:०० बजेसम्म आवागमन बन्द |
| मेची राजमार्ग | इलाम (राजदुवाली) | हिलो | पूर्ण रूपमा अवरुद्ध (वैकल्पिक सडक उपलब्ध) |
| अरनिको राजमार्ग | सिन्धुपाल्चोक (भोटेकोशी-४, लिपिङ) | सडक भासिएकाले | पूर्ण रूपमा अवरुद्ध |
| त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी | रसुवा (उत्तरगया-५, खाल्टे) | सडक कटान | पूर्ण रूपमा अवरुद्ध |
| भेरी करिडोर (जाजरकोट–डोल्पा) | रुकुम पश्चिम (आठबिसकोट-६, रिजेगार्ड) | पहिरो | पूर्ण रूपमा अवरुद्ध |
| कोशी राजमार्ग (खाँदबारी–किमाथाङ्का) | सङ्खुवासभा (भोटखोला-३, सिरेक डाँडा) | सडक भासिएकाले | पूर्ण रूपमा अवरुद्ध |
| बेँसीसहर–मनाङ सडक | लमजुङ (मस्र्याङ्दी-४, रामबजार) | पहिरो | पूर्ण रूपमा अवरुद्ध |
| बेनी–जोमसोम सडक | मुस्ताङ (थासाङ-४, कैकुखोला) | पहिरो | पूर्ण रूपमा अवरुद्ध |
| भालुवाङ–लिवाङ सडक | रोल्पा (सुनिलस्मृति-४, कागडाँडा) | पहिरो | पूर्ण रूपमा अवरुद्ध |
| पृथ्वी राजमार्ग | चितवन (इच्छाकामना-५, सिमलधारा) | रूखसहितको सुक्खा पहिरो | पूर्ण रूपमा अवरुद्ध |
निरन्तरको वर्षासँगै सडक भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले अत्यन्त जरूरी कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्दा सतर्कता अपनाउन र सुरक्षा निकायसँग समन्वय गर्नसमेत अनुरोध गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























