

काठमाडौँ, साउन २९ गते । सरकारले साताको दुई दिन बिदा दिने निर्णयमा हाल पुनरवलोकन गर्ने कुनै गृहकार्य नगरेको स्पष्ट पारेको छ।
राष्ट्रिय सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई दिनको बिदाका कारण विद्यार्थीको पढाइ तथा सरकारी सेवामा मितव्ययिता जस्ता विषयमा ध्यानाकर्षण भए पनि तत्काल यो व्यवस्था परिवर्तन नहुने जानकारी गराउनुभयो।
मन्त्री गौतमले विद्यार्थीको सिकाइ र सिर्जनशीलता विद्यालयको चौघेरामा मात्र सीमित नहुने बताउनुभयो। बिदाको समयमा समाजसँग घुलमिल हुँदा विद्यार्थीको आफ्नै प्रकारको व्यावहारिक र सर्वाङ्गीण वृत्तिविकास भइरहेको अवधारणा प्रस्तुत गर्दै उहाँले परम्परागत सिकाइको दायराबाट बाहिर निस्कनुपर्नेमा जोड दिनुभयो।
यस्तै, सभामा दलित समुदायको अधिकार र शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीबारे जानकारी दिँदै दलित अधिकारसम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र आगामी बजेटमा दलित वर्गलाई प्राथमिकता दिइने बताइएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गरेपछि अर्को बैठक भदौ १ गते बस्ने गरी स्थगित भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























