काठमाडौँ, साउन २७ गते । राष्ट्रिय सतर्कता केन्द्रले स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गरेको छ। भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुशासन कायम गर्ने उद्देश्यका साथ केन्द्रले सम्पादन गरेका मुख्य-मुख्य कार्यहरू समेटेर उक्त प्रतिवेदन पेस गरिएको हो।
उजुरी फर्छ्योट र कर्मचारीमाथि कारबाही
गत आवमा प्राप्त कूल २,५६६ उजुरीमध्ये ७२ प्रतिशत (१,८५४ वटा) उजुरी फर्छ्योट भएका छन्। साथै, १,५७७ सरकारी कार्यालयहरूमा गरिएको छड्के अनुगमनका क्रममा समय पालना नगर्ने र तोकिएको पोसाक नलगाउने ११,१०१ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ। सम्पत्ति विवरण नबुझाउने ५,२६५ जनालाई पनि कारबाहीको दायरामा ल्याइएको छ।
आयोजना अनुगमन र सेवा प्रवाहमा नयाँ पहल
केन्द्रले १८४ वटा विकास आयोजनाको अनुगमन र ६ वटाको प्राविधिक विश्लेषण गरी देखिएका जोखिम तथा कमीकमजोरी सुधार्न ‘नन्-कन्फरमेन्स रिपोर्ट‘ जारी गरेको छ। यसका साथै, सेवा प्रवाहमा सुधार ल्याउन ‘सार्वजनिक सेवा सन्तुष्टि मापन फारम‘ को QR कोड सञ्चालनमा ल्याउनुका साथै स्थानीय तहसम्म सदाचार र भ्रष्टाचारविरुद्धका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























