08/11/2026, 10:16:25
मङ्गलबार, साउन २६, २०८३

‘ब्रोड पिक’ हिमालमा निधन भएका ३ नेपाली आरोहीको शव आज काठमाडौँ ल्याइँदै

PHOTO CREDITS : kuluar
©PHOTO CREDITS : kuluar

काठमाडौँ, साउन २६ गते । पाकिस्तानको ‘ब्रोड पिक‘ हिमालमा साउन १४ गते गएको हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोही—किली पेम्बा शेर्पा (‘किलु’), ग्यालु शेर्पा र निमा शेर्पाको शव आज काठमाडौँ ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार कतार एयरवेजको उडानबाट शव अपराह्न ४:४५ बजे काठमाडौँ आइपुग्नेछ।

यसअघि साउन २१ गते पुरबहादुर गुरुङ (‘युक्त’) को शव नेपाल ल्याइसकिएको छ भने दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको छ।