

काठमाडौँ, साउन २६ गते । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक तथा प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्नुभएको छ। छलफलमा सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र मिडियाबिचको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिइयो।
नीतिगत निर्णय र सूचनामा सहज पहुँचको माग
सहभागी पत्रकारहरूले सरकारी निर्णय र मन्त्रालयका गतिविधिमा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्न आग्रह गरे। उहाँहरूले रणनीतिक महìवका नीतिगत निर्णय गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्नुपर्ने र विद्यालय तथा उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक एवं जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको औँल्याउनुभयो।
“वर्तमान सरकार एक्सनबाट होइन, प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो । त्यसैले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता रहन्छ, जनताको आशा र भरोसालाई साकार पार्न अहोरात्र खटिएका छौँ ।”
– मन्त्री सस्मित पोखरेल
लोकतन्त्र र सुशासनप्रति सरकारको प्रतिबद्धता
मन्त्री पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएकाले जनताका आवश्यकता, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखिएको बताउनुभयो। विश्वविद्यालयका पदाधिकारी नियुक्ति निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै उहाँले शैक्षिक गुणस्तर अभिवृद्धि र समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको स्पष्ट पार्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























