

काठमाडौँ, साउन १५ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय सभामा सांसदहरूले सोध्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थानान्तरण गरी आवश्यक सबै व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
विभिन्न स्थानमा गरिएको व्यवस्था:
- बालाजु: बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको।
- पकनाजोल: बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालयमा भर्ना गरिएको।
- कीर्तिपुर: राधास्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौँ महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको।
- होल्डिङ सेन्टर: खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरका ५९ जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराई पोसाक, झोला, स्टेशनरी, खाजा तथा यातायातको सुविधा उपलब्ध गराइएको।
यसैगरी, मन्त्री पोखरेलले उच्च शिक्षामा सुशासन र योग्यता प्रणाली (Meritocracy) सुदृढ बनाउन पुराना मनोनयनहरू खारेज गरिएको र हाल नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति भइसकेको स्पष्ट पार्नुभयो। उच्च शिक्षाको वातावरण सुधार गर्न सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























