

ललितपुर, साउन ५ गते । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को ‘प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टम’ अन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ।
साउन ४ गतेको मन्त्रालयस्तरीय निर्णय अनुसार गणतन्त्र कोरियामा रोजगारका लागि योग्य नेपाली कामदार छनोट गर्ने उद्देश्यले यो आवेदन खुला गरिएको हो।
मुख्य मुख्य विवरणहरू:
- अनुमानित उत्तीर्ण सङ्ख्या: करिब ७,००२ जना (उत्पादनमूलक: ५,०००, कृषि तथा पशुपालन: २,०००, सेवा क्षेत्र: १००, वन क्षेत्र: १००)।
- आवेदन नियम: आवेदकले एकवटा क्षेत्र र त्यसभित्रको एउटा उपक्षेत्र मात्र छनोट गर्न पाउनेछन्। परीक्षा उत्तीर्ण गरेपछि क्षेत्र परिवर्तन गर्न पाइने छैन।
- योग्यता: १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका (सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ बिच जन्मिएका) नेपाली नागरिक।
अन्य शर्तहरू:
फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास नगरेको तथा E-9/E-10 भिसामा ५ वर्षभन्दा बढी नबसेको हुनुपर्नेछ।
ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षा उत्तीर्ण हुनु मात्रै कोरिया जाने अन्तिम ग्यारेन्टी होइन। पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि दोस्रो चरणको ‘सीप परीक्षण’ (Skill Test) र ‘कार्यक्षमता मूल्याङ्कन’ उत्तीर्ण गरेपछि मात्र अन्तिम छनोट हुनेछ।
आवेदन प्रक्रिया समाप्त भएपछि परीक्षाको मिति र तालिका ईपीएस शाखाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































