

काठमाडौँ, साउन ४ गते । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ ।
विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न (अटोफिल) सक्ने जनाएको छ । लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिने सुविधा छ ।
विभागका निर्देशक केशव खतिवडाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिनुभयो । सुरुवाती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने उहाँको भनाइ छ ।
नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीका हकमा भने साबिककै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् नै रहेको निर्देशक खतिवडाले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















