

काठमाडौँ, असार २८ गते । आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको सोमबार अन्त्येष्टि गरिने भएको छ ।
सरकार र मृतकका पक्षबीच घटनाको स्वतन्त्र छानबिन समिति गठन गर्ने लगायतका ९ बुँदे सहमति भएपछि उनको शव व्यवस्थापन गर्ने टुंगो लागेको हो । मृतकका भतिज मनबहादुर नेपालीका अनुसार गणेशको अन्तिम दाहसंस्कार भोलि (सोमबार) पशुपति आर्यघाटमा गरिनेछ ।
गत बिहीबार आत्मदाहको प्रयास गरेका गणेशको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको थियो । मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका नेपाली हाल भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























