07/10/2026, 13:56:26
शुक्रबार, असार २६, २०८३

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु


काठमाडौँ, असार २६ गते । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:१९ बजे मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालले जानकारी दिनुभयो ।

२५ वर्षीय गणेश नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण अस्पताल ल्याउँदादेखि नै उनको अवस्था अत्यन्त गम्भीर रहेको प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालले जानकारी दिनुभयो।

blog