05/31/2026, 21:54:50
आइतबार, जेठ १७, २०८३

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : तीन दिन अस्पतालमै राखिने


काठमाडौँ, जेठ १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ । मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहनुभएको जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालले भनेको छ, “अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उहाँमा निमोनियाको सङ्क्रमण देखिएको छ । यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन् । उपचार प्रक्रिया सुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उहाँलाई दुई–तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्नेछ ।