काठमाडौँ, जेठ १६ गते । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि घरेलु टोली क्यानडाले खेलाडीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक जेसी मार्सले विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । विश्वकपमा क्यानडा समूह ‘बी’ मा रहेको छ । यस समूहमा बो.हर्जगोभिना, स्वीट्जरल्यान्ड र कतार रहेको छ । क्यानडाले जेठ ३० गते बो.हर्जगोभिनासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।
क्यानडाको विश्वकप टोली
गोलरक्षक : म्याक्सिम क्रेपाउ, ओवेन गुडम्यान र डेने सेन्ट क्लेयर
रक्षक : मोइस बोम्बिटो, डेरेक कर्नेलियस, अल्फोन्सो डेभिस, लुक डे फौगेरोल्स, एलिस्टेयर जोनस्टन, अल्फी जोन्स, रिची लारिया, निको सिगुर र जोएल वाटरम्यान
मिडफिल्डर : अली अहमद, ताजोन बुकानन, म्याथ्यु चोइनियर, स्टिफन युस्टाक्वियो, मार्सेलो फ्लोरेस, इस्माइल कोने, लियाम मिलर, जोनाथन ओसोरियो, लिआम मिलर र ज्याकब सफेलबर्ग
स्ट्राइकर : जोनाथन डेभिड, साइल लारिन, तानी ओलुवासेई र प्रोमिस डेभिड
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































