

काठमाडौँ, जेठ १५ गते । सरकारले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १३ चैत २०८२ मा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमा ब्लु बस सेवाबारे पनि उल्लेख छ । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको योजना अघि सारेको छ । त्यसबेला सरकारले महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा नि:शुल्क ब्लु बस सेवा सञ्चालन गर्ने जनाएको थियो ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले २०८० वैशाख आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका थिए ।
चितवन–२ का महिलाका लागि ३२ सिट क्षमताको बस सञ्चालन गरिएको छ । नीलो रङको बसलाई ‘ब्लु बस’ नाम दिइएको छ । तर अहिले भने उक्त बस सञ्चालनमा छैन ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































