न्युयोर्क, जेठ १५ गते । विश्वकप फुटबल–२०२६ को समूह ‘एच’ मा युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकाका पावसहाउस उरुग्वे रहेका छन् । सो टिममा चार वर्षअघि लियोनेल मेसीको अर्जेन्टिनालाई स्तब्ध पार्ने सउदी अरब र नवप्रवेशी केप भर्डे पनि छन् । यस समूहमा उरुग्वे र स्पेनबिचको ‘बिग म्याच’ बाहेक सबै खेल अमेरिकामा हुने छ । उरग्वे र स्पेनबिचको खेल भने मेक्सिकोको ग्वाडालाजारामा खेलिने छ । दुई विश्व विजेता यसअघि दुई पटक (सन् १९५० र १९९०) मात्र एकै समूहमा परेका थिए ।
स्पेन
पुरुष फुटबलमा स्पेन सधैँ महाशक्ति फुटबल राष्ट्रका रूपमा रहेको छ । स्पेनीहरू प्रत्येक पटक आफ्नो टिमले विश्वकप खेल्दा उपाधिको आशा राख्छन् । स्पेनले पुरुष फुटबलमा विश्वकप र युरो कप जितिसकेको छ । पछिल्लो संस्करणमा दाबेदारका रूपमा कतार गए पनि स्पेन अन्तिम १६ मा मोरोक्कोसँग स्तब्ध भएर घर फर्केको थियो तर स्पेनले त्यसपछि जर्मनीमा भएको युरो–२०२४ को उपाधि जितेर सो पीडालाई धेरै हदसम्म कम पारिसकेको छ । स्पेन नेसन्स लिग–२०२३ को विजेता पनि हो । सन् २०२५ मा भएको नेसन्स लिगमा पनि स्पेनले फाइनलसम्मको यात्रा तय गरेको थियो । सोबेला पोर्चुगलसँग फाइनलमा हारेपछि मात्र स्पेन उपाधि भिडन्त गर्नबाट वञ्चित भएको थियो । विश्वकपमा पछिल्ला केही संस्करणमा स्पेनले अपेक्षा अनुरूप प्रदर्शन गर्न सकेको छैन ।
सन् २०१० मा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक विश्वविजेता बनेपछि स्पेन विश्वकपको अन्तिम १६ माथि पुग्न सकेको छैन । सन् २०२२ को विश्वकपलगत्तै लुइस इनरिकेले राजीनामा दिएपछि लुइस डी ला फुएन्टेले स्पेनको टिम हेर्दै आउनुभएको छ । स्पेनको टिम यस पटक १८ वर्षीय स्ट्राइकर लामिने यमालका कारण हेर्नलायक हुने छ । विश्व फुटबलमा आफ्नो नाम बनाइसकेका बार्सिलोनाका १८ वर्षीय स्ट्राइकर यमालले विश्वकप फुटबलमा पदार्पण गर्दै हुनुहुन्छ । अर्का युवा खेलाडी पाउ कुबार्सीले डिफेन्स समाल्नुहुने छ । मिडफिल्डमा पेड्रीका रूपमा स्पेनसँग उत्कृष्ट खेलाडी हुनुहुन्छ । यसै गरी म्यान्चेस्टर सिटीका रोड्री पनि विश्वकपमा खेल्ने सम्भावना धेरै छ । रोड्री अहिले दुरुस्त हुनुहुन्न ।
उरुग्वे
उरुग्वे भूगोलमा सानो तर फुटबलमा विश्वकै ठुलो राष्ट्र मानिन्छ । उरुग्वेको जस्तो फुटबल इतिहास कम राष्ट्रसँग मात्र छ । सन् १९३० र १९५० मा विश्वकप विजेता भइसकेको उग्वेले त्यसपछिका विश्वकपमा उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । पछिल्ला केही दशकमा फुटबलको महाशक्तिका रूपमा रहेको उरुग्वेको मनोबलमा ठुलो परिवर्तन आइसकेको छ । यस पटक दक्षिण अमेरिकी समूहबाट उरुग्वेले अर्जेन्टिना, इक्वेडर र कोलम्बियाभन्दा पछाडि र पाँच पटकको विजेता ब्राजिलभन्दा अगाडि रहेर विश्वकपमा स्थान बनाएको हो । सन् २०१० मा सेमिफाइनल र सन् २०१८ मा क्वाटरफाइनल खेलेको उरुग्वेले पछल्लो संस्करणमा समूह चरण पार गर्न सकेको थिएन ।
उरुग्वको टिम सन् २०२३ देखि अर्जेन्टिनाका भेट्रान प्रशिक्षक मार्सेलो बिएस्लाको रेखदेखमा रहेको छ तर हालका केही समयमा कमजोर प्रदर्शनका कारण प्रशिक्षक बिएस्ला आलोचित हुनुहुन्छ । उरुग्वेले पछिल्ला चार खेलमा जित हात पार्न सकेको छैन । गत नोभेम्बरमा अमेरिकासँग उरुग्वे ५–१ ले नराम्ररी पराजित भएको थियो । उरुग्वेली टिममा अहिले रियल म्याड्रिडका सेन्ट्रल मिडफिल्डर फेडरिको भेल भर्डे, बार्सिलोनाका सेन्टर ब्याक रोनाल्ड अराउजो र म्यान्चेस्टर युनाइटेडका डिफेन्सिभ मिडफिल्डर म्यानुअल युगार्टे जस्ता स्टार खेलाडी हुनुहुन्छ ।
साउदी अरब
साउदी अरब लगातार तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छ । चार वर्षअघि कतारमा भएको विश्वकपमा च्याम्पियन अर्जेन्टिनालाई समूह चरणमा २–१ ले स्तब्ध पारेपछि साउदी अरब विश्वभरिका सञ्चार माध्यममा हेडलाइन बनेको थियो । साउदी अरबले फुटबलमा ठुलो लगानी गरेको छ । घरेलु लिगलाई बलियो बनाउन साउदी अरबले व्रिmस्टियानो रोनाल्डो र करिम बेन्जामालगायत थुप्र्रै विश्वका उत्कृष्ट खेलाडीलाई आफ्नो देशमा ल्याएको छ ।
राष्ट्रिय टिमलाई बलिया बनाउन साउदी अरबले सन् २०२२ मा फ्रान्सका हेर्भे रेनार्डलाई प्रशिक्षकका रूपमा भित्र्याएको थियो । रेनार्ड बिचमा फ्रान्सको महिला टिमलाई प्रशिक्षण दिन आफ्नो देश फर्कनुभयो । सन् २०२४ देखि रेनार्डको साउदी अरबसँग यो दोस्रो कार्यकाल हो । सन् १९९४ मा साउदी अरबले पहिलो पटक विश्वकप खेलेको थियो । उसले पहिलो सहभागितामै नेदरल्यान्ड्स, बेल्जियम र मोरोक्को जस्ता राष्ट्र भएको समूहबाट नकआउट चरणको यात्रा तय गरेको थियो । त्यसपछि पाँच विश्वकप खेल्दा साउदी अरबले समूह चरण पार गर्न सकेको छैन । सन् २०३४ मा साउदी अरबले विश्वकपको आयोजना पनि गर्दै छ ।
केप भेर्डे
अफ्रिकाको पश्चिम तटमा रहेको सुन्दर टापु केप भेर्डे मात्र पाँच लाख जनसङ्ख्या भएको देश हो । केप भेर्डेले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छ । कुराकाओ र आइसल्यान्डपछि केप भेर्डे विश्वकप फुटबल खेल्ने तेस्रो सबभन्दा सानो राष्ट्र हो । केप भेर्डे अफ्रिकी समूहबाट क्यामरुन र अङ्गोला जस्ता बलियो फुटबल राष्ट्रसँगै स्वतः चयन भएको हो । छनोट प्रतियोगितामा केप भेर्डेले घरेलु मैदानमा बिनागोेल बेहोरेर पाँचै खेल जितेको थियो ।
केप भेर्डेको राष्ट्रिय फुटबल टिमलाई सन् २०२० देख पेड्रो लिटाओ ब्रिटाले प्रशिक्षण दिँदै आउनुभएको छ । केप भेर्डेका पूर्वकप्तान तथा डिफेन्डर पेड्रो विशेषतः बुबिस्टाको उपनामले चिनिनुहुन्छ । सो समय बुबिस्टाले स्पेन र पोर्चुगलका साना क्लबबाट खेल्नु हुन्थ्यो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































