

काठमाडौँ, जेठ १५ गते । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ । आवेदन माग गरेर प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । मन्त्रालयले योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेकोलगायत १५ बुँदे योग्यता तोकिएको छ ।
नेपालका विदेशस्थित ४४ नियोगमध्ये हाल १७ पद खाली छन् । कतिपय राजदूतको कार्यकाल सकिन लागेकाले केही महिनाभित्रै यो सङ्ख्या बढ्न सक्ने छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































