05/28/2026, 22:21:21
बिहिबार, जेठ १४, २०८३
रोड टु युएफसी

‘रोड युएफसी’ मा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित


काठमाडौँ, जेठ १४ गते ।  नेपाली फाइटर रविन्द्र ढाँट  रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।

विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उहाँले सोझो जित निकाल्नु भएको हो ।  ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।

नेपालका रविन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै ‘नकआउट‘ जित सुनिश्चित गर्नुभएको हो ।

blog

पहिलो राउन्डको सुरुवाती मिनेटमा केही असहज परिस्थितिको सामना गरे पनि उहाँले आक्रामक रक्षा गर्दै प्रतिद्वन्द्वीका हरेक प्रहारको कडा जवाफ फर्काउनुभयो । दोस्रो राउन्डमा  ‘क्लिन्च‘ को उत्कृष्ट प्रयोग गर्दै विपक्षाी जोनलाई पूर्णरूपमा दबाबमा राख्नुभयो ।

नेपालको बझाङका फाइटर ढाँटले अब बहुप्रतीक्षित युएफसी सम्झौता प्राप्त गर्नका लागि अझै दुई वटा भिडन्त जित्नुपर्ने छ र ‘रोड टु युएफसी सिजन ५‘ को ब्यान्टमवेट विधाको ८-फाइटर सम्मिलित ‘सिङ्गल-एलिमिनेसन‘  प्रतियोगिताको च्याम्पियन बन्नुपर्ने छ ।

रोड टु युएफसी‘ मा आबद्ध हुनुअघि व्यावसायिक एमएमए ढाँटको नाममा ९ जित र १ हारको कीर्तिमान थियो ।