

काठमाडौँ, जेठ १३ गते । सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२–०८३ आनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । हालसम्म ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र वितरण भएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने पाँच हजार १८६ थान जडान भएको छ । २०८२ फागुनसम्म आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३४० थान मात्र जडान भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ स्वीकृति भई कार्यान्वयनमा रहेको छ ।
सर्वेक्षणअनुसार आव २०८२–८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न दुई लाख ८१ हजार ९२१ यातायातका साधन दर्ता भएका छन् ।
२०८२ फागुनसम्म यस्तो सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ। दर्ता भएका सवारी यातायातका साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको सर्वेक्षणमा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































