

काठमाडौं, जेठ १२ गते । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस आज बिहान करिब सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने १९ जनाको अवस्था मध्यम र अन्य १७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहर भट्ट ले जानकारी दिए।
घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































