

काठमाडौँ, जेठ १२ गते । चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्प अटाकामा मरुभूमि क्षेत्रमा, कालामा सहरबाट करिब ३१ किलोमिटर दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर (६३ माइल) गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले जनाएको छ ।
भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि आफ्ना केही गतिविधि रोकिएको जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































