05/22/2026, 14:38:11
शुक्रबार, जेठ ०८, २०८३

दिपेन्द्रसिंह ऐरी र इशान पाण्डेको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती


काठमाडौँ, जेठ ८ गते । आईसीसी लिग–२ अन्तर्गत शुक्रबार जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले अर्धशतक बनाउनुभयो । दीपेन्द्रले ३६ बलको सामना गर्दै ५९ रन बनाउनुभयो । अन्तिमक्रममा विष्फोटक ब्याटिङ गर्नुभएका ऐरी रनआउट हुनुभएको हो ।

तेस्रो क्रममा ब्याटिङ गर्नुभएका इशान पाण्डेले ८४ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा ८४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

blog