05/21/2026, 16:16:27
बिहिबार, जेठ ०७, २०८३
युरोपा लिग फुटबल

एस्टन भिल्लाले जित्यो ‘युरोपा लिग फुटबल’


काठमाडौँ, जेठ ७ गते । युरोपा लिग फुटबलको उपाधि एस्टन भिल्लाले जितेको छ ।

टर्कीको इस्ताबुलमा बुधबार राति भएको फाइनल खेलमा एस्टन भिल्लाले फ्रेइबर्गलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा एस्टनलाई उपाधि दिलाउन यौरी टाइलेम्यान, इमिलियानो बुइन्डी र मोर्गन रोजर्ससले गोल गर्नुभयो ।

पहिलो हाफमा दुई गोल गरेको एस्टनले दोस्रो हाफमा एक गोल थपेको थियो । फ्रेइबर्गको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन ।