

काठमाडौं, जेठ ७ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर ब्रान्डको मह (हनी) न्यूनस्तरको पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले २०८३ जेठ ५ गते जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेश’ अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त उत्पादन खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको हो ।
विभागका अनुसार डाबर नेपाल प्रा. लि. द्वारा उत्पादन गरिएको ५०० ग्रामको ‘डाबर हनी’ को एनबी००४७७ ब्याच नम्बरको उत्पादन न्यूनस्तरको भेटिएको छ । उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग्य अवधि १८ महिना रहेको जनाइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम सोही ब्याचका सबै हनी तत्काल बजारबाट फिर्ता गर्न तथा दफा ३८ (४) अनुसार बिक्री–वितरण नगर्न विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































