काठमाडौँ, वैशाख ३१ गते । सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमण्डल हेरेफेर गरेका छन् । योसँगै प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृहसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैसँग राखेका छन् ।
डा. स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिंचाइ यथावत रहेको छ । सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्रालय दिइएको छ ।
सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला, खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, विक्रम तिमिल्सिना सूचना तथा सञ्चारमा यथावत छन् ।
गीता चौधरी कृषि, वन तथा पर्यावरण, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति, रामजी यादव युवा, श्रम तथा रोजगारमन्त्री यथावत नै छन् । सीता वादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता र सस्मित पोखरेल शिक्षा तथा खेलकुदमन्त्रीको रुपमा कायम छन् ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































