काठमाडौँ, वैशाख ३१ गते । फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । बुधबार राति भएको खेलमा पिएसजीले उपाधिको दौडमा रहेको लेन्सलाई उसैको मैदानमा २–० गोलले हराउँदै उपाधि जितेको हो ।
यससँगै पिएसजीले लगातार पाँचौँ पटक उपाधि जितेको छ । एक खेल अगावै च्याम्पियन बनेको पिएसजीको यो समग्रमा १४औँ फ्रेन्च लिग वान उपाधि हो ।


पिएसजीलाई जिताउन क्भिचा भारास्केलियाले २९औँ र इब्राहिम एमबायेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । जितसँगै पिएसजीले ३३ खेलबाट ७६ अङ्क बनाएको छ । हारसँगै लेन्स समा खेलबाट ६७ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































