

काठमाडौँ, वैशाख ३० गते । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि काठमाडौं–१५ निवासी अंशुकिरण शाही र नार्गाजुन नगरपालिका–५ का कृष्ण बसेललाई नियुक्त गरेका हुन् ।
त्यस्तै प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जामन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबारको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनियताको शपथग्रहण गराए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































