

गाईघाट, वैशाख २६ गते । स्थानीय एक होटलबाट घर जान्छु भन्दै हिँडेका उदयपुर त्रियुगा नगरपालिका-९, राजाबासका ६२ वर्षीय चुडाबहादुर खड्कालाई मृत अवस्थामा भेटिएको छ।
होटलबाट घर जाने क्रममा अबेरसम्म परिवारको सम्पर्कमा नआएका खड्कालाई खोजी गर्ने क्रममा घरदेखि करिब सात सय मिटर उत्तरतर्फ भित्रि गोरेटो बाटोमा मृत अवस्थामा आफन्तले फेला पारेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनास्थलमा प्रहरी टोली खटी गई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला अस्पताल उदयपुरमा पोस्टमार्टम गरे पश्चात आफन्तले शव बुझी अन्त्येष्टिका लागि लगेको जनाइएकाे छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार बेलुका परेको वर्षासँगै लागेको चट्याङका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
– भक्तिविलास पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































