काठमाडौँ, वैशाख २१ गते । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले जेन-जी आन्दोलनमा जलेका गाडीको इन्धन कुपन दुरुपयोगसम्बन्धी आरोप खेपिरहेको छ । आन्दोलनका क्रममा जलेर नष्ट भइसकेका सवारीसाधनका नाममा समेत इन्धन कुपन जारी गरी रकम असुलिएको आशङ्का सार्वजनिक भएपछि मन्त्रालयले आन्तरिक छानबिन अगाडि बढाएको छ ।
यस विषयमा मन्त्रालयका प्रशासनतर्फका सचिव डिल्लीराम शर्मासँग जिज्ञासा राख्दा शर्माले सञ्चार माध्यममा समाचार आए पनि आधिकारिक पुष्टि नभएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले छानबिन गरिरहेको जानकारी दिनुभयो । यो गम्भीर विषय हो, सचिव शर्माले भन्नुभयो, “यदि जलेका गाडीका नाममा कुपन जारी गरिएको रहेछ भने कारबाही हुने छ ।”


यस विषयमा स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग प्रयास गर्दा सम्पर्क हुन सकेन । स्वास्थ्य मन्त्रालयका अर्का सचिव डा. विकास देवकोटाले यो अपत्यारिलो विषय भएको भन्दै मन्त्रालयले छानबिन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यदि जलेका गाडीको इन्धन कुपन जारी गरेको पाइएमा जारी गर्ने कर्मचारीलाई कानुन अनुसार कारबाही अघि बढाउँछौँ ।”
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको दाबी गर्नुभयो । प्रत्येक गाडीको अडिट हुन्छ, हुँदै नभएका गाडीको इन्धनको कुपन कसरी जारी भयो ? त्यसको छानबिन गर्ने र कारबाही अगाडि बढाउने पनि उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































