

नवलपरासी, वैशाख १९ गते । निर्माणाधीन महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डको पूर्वी भागमा एकतर्फी ढलान सकिएको छ ।
दुम्कीबास र बर्दघाट बीचमा पर्ने पूर्वी खण्डमा ३ दशमलव ९ किलोमिटर सडक खण्ड पर्दछ । पूर्वी खण्डको एकतर्फी सडक ढलानको काम बिहीबार सकिएको हो । यो सडकमा अबको दुई सातापछि यातायात सञ्चालन गर्न मिल्ने छ ।
१ सय १४ किलोमिटर लामो यो सडकलाई दुई वटा खण्डमा (पूर्वी र पश्चिम) विभाजन गरेर ठेकेदारले सडक बिस्तारको काम गर्दै आएको छ । सडक निर्माणको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक बाँडेर निर्माणको काम गर्दै आएको छ । यो खण्डमा धेरैजसो दुवैतर्फ र कहीँकहीँ एकतर्फी सडक निर्माणको काम सकिएको छ ।
दाउन्नेका पश्चिम खण्डमा पर्ने १० किलोमिटर सडकमध्ये २ सय मिटर सडक निर्माण सम्पन्न हुन सकेको छैन । अबको १५ दिनमा बाँकी रहेको २ सय मिटर सडक ढलान भइसक्ने त्यस खण्डका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
आगामी असार अगावै दाउन्नेमा यातायात सञ्चालन गर्न सकिने बताइएको छ । दाउन्ने सडक ३ लेनको छ । दाउन्नेको १४ किलोमिटर सडक मध्ये प्रायजसो पानी रसाउने स्थानमा ढलान सडक निर्माण गरिँदै छ । बुटवल नारायणगढ सडक निर्माणको फाइनल काम सक्ने म्याद आगामी साउन पहिलो साता सकिँदै छ ।
शुक्रबारसम्म महेन्द्र राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको छ ।
– नारायण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































