काठमाडौँ, वैशाख ५ गते । सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई निर्देशन दिएको छ ।
सामाजिक सञ्जालमार्फत प्रवाह हुने गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने काउन्सिलको भनाइ छ । गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जरुरी सूचना जारी गर्दै टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् ।
‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न पनि काउन्सिलले आग्रह गरेको छ ।


‘गैरजिम्मेवार तथा अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रम पार्नुका साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च रहने हुँदा नेपाल मेडिकल काउन्सिल सम्पूर्ण सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निम्नानुसार जानकारी गराउन चाहन्छ,’ जारी सूचनामा भनिएको छ ।
काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ ।
काउन्सिलको निर्देशन र सुझाव
– बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउने ।
– सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्ने ।
– स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्ने ।
– बिरामीहरूले सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिने ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































