काठमाडौँ, चैत २५ गते । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सवारी भाडा समायोजन गरेको हो ।
वैज्ञानिक भाडा दर समायोजन व्यवस्था अनुसार यात्रुवाह सवारीको भाडा साविकको दरमा १६.७१ प्रतिशतले बढाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौंला (सरोज)ले शिलापत्रलाई जानकारी दिए ।
यसैगरी मालवाह सवारीतर्फ पहाडी क्षेत्रका लागि २१.६८ प्रतिशतले भाडा वृद्धि गर्ने सहमति भएको छ भने मालवाह तराई क्षेत्रका लागि साविकको भाडा दरमा १५.७५ प्रतिशतले वृद्धि गर्ने निर्णय भएको छ ।
खाडी मुलुकमा चर्किएको युद्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिसँगै मूल्यमा असर पर्दा नेपालमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
तेलको मूल्य बढेसँगै व्यवसायीहरू भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदैआएका थिए । सोही दबाबकाबीच सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
