काठमाडौं, चैत २४ गते । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त थियो। डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको थियो। तीमध्ये एक पदमा पण्डित नियुक्त भएका हुन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
