04/07/2026, 04:14:49
सोमबार, चैत २३, २०८२

काठमाडौंका मेयर बालेन्द्र शाहले माघ ४ गते पदबाट राजीनामा दिने


काठमाडौँ, पुस २९ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिन लागेका हुन् ।

शाहको सचिवालयका सुरेन्द्र बजगाईंका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गराउनुपर्ने भएकाले त्यसको दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।